गठबन्धनको बैठकमा बोलाउन छाडेपछि नारायणकाजीले फेसबुकमै पोखे असन्तुष्टि
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन् । राजदूतमा सिफारिस राजनीतिक दलको भागबण्डा भन्दा पनि दक्षताका आधारमा गर्दा नियुक्त हुने व्यक्ति र देशका लागि राम्रो हुने उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा राजदूतहरूको सिफारिसबारे श्रेष्ठले आइतबार लेखेका छन्, 'कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ ।' सत्तारुढ गठबन्धनलाई सत्ताबाहिर रहेका बेला भनेका कुरालाई मूर्तरूप दिने बेला आएको पनि श्रेष्ठको भनाइ छ । 'सामान्य बेलामा अमूर्त, राम्रा कुरा गर्ने तर लागू गर्ने बेला चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई थप पढ्नुहोस् ...



