सप्तरीमा सशस्त्र प्रहरीद्वारा अबैध बरामद
शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा सप्तरीकाे विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेका छन । साेहि क्रममा सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ स्थित साेनापुरबाट सशस्त्र प्रहरीले १ लाख भन्दा बढिकाे अबैध औषधी बरामद गरेकाे छ । भारतबाट अबेध रुपमा टाउकाे बाेकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपटिकाे टाेलिले १ लाख ४ हजार ८ सय रुपैँया बराबरको अबैध औषधी बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीकाे गस्ति टाेलि हेरेर तस्करहरु औषधी फालेर फरार भएको तथा तस्करहरुकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको जनाएको छ । यता बरामद गरिएका औषधी आवश्यक अनुसन्धानकाे लागि थप पढ्नुहोस् ...

