पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव
काठमाडौँ । पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डङ्ेगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए । जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौजना मात्रै डेङ्गुका बिरामी फेला परेका छन् । सूचना अधिकारी सुवेदीले भने, “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका थप पढ्नुहोस् ...


