पश्चिम चितवनमा बाढीको जोखिम घट्दै
चितवन । घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्यो । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् । निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको जस्तो जोखिम नहुनेमा उनीहरू विश्वस्त छन् । भरतपुर महानगरपालिका–१६ र १७ को सिमानास्थित गणेश मन्दिरका विजय परियार यस वर्ष गएका वर्षहरूजस्तो बाढीको असर नहुनेमा ढुक्क हुनुहुन्छ । उनले भने, “धेरै जोखिम भएका ठाउँमा तटबन्ध बनेको छ, नारायणी नदी यस वर्ष बस्ती पस्छ जस्तो लाग्दैन ।” भरतपुर –१८ भुवनबस्तीका हरिकृष्ण सापकोटा घर नजिकैको नारायणी नदीले किनार काट्दै गर्दा वर्षात्मा त्रास हुने गरेको गुनासो गर्नुहुन्छ । उनले भने, थप पढ्नुहोस् ...






