नगरपालिकाभित्रका

ऐतिहासिकस्थल संरक्षण अभियान सुरु

म्याग्दी । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन् । बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनःनिर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुनःनिर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ असार २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार