धानबालीमा समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता
रामपुर । दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाउनुभएका उनले सबै धानमा रोग लागेपछि चिन्तित हुनुहुन्छ । घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । “लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो रु उनले भने, “केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।” चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उनले यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताए । खेतमा थप पढ्नुहोस् ...

