धनुषामा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त
धनुषा । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेता आन्तरिक तथा सामूहिक बैठक, छलफल र भेलालाई तीव्र पारेको नेकपा (माओवादी केन्द्र) धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिए । “गठबन्धनका उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ”, उनले भने, “अहिले दलहरूको आफ्नो आन्तरिक तथा गठबन्धनको बैठक, छलफल जारी छ ।” उम्मेदवारले पनि आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् उनको भनाइ छ । एमाले–जसपा थप पढ्नुहोस् ...

