द्वन्द्व

अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य

काठमाडौँ । अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो । अर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्ध बिराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो भीडन्तका क्रममा अर्मेनीयाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् । घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजररबैजान र अर्मोनीयाका उच्च अधिकारीले सहमती जनाएका हुन् । सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ । द्वन्द्वका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ मंसिर २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार