यी हुन, राजपुर गाउँपालिका हाँक्ने माओवादी केन्द्रका वडा अध्यक्ष
शिवु खनाल, राजपुर । नेकपा माओवादी केन्द्रले देशभरि वडा सम्मेलन गरेको छ । सम्मेलनबाट दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका छन् । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गरेको भए पनि सबै वडामा निर्विरोध नेतृत्व चयन भएको छ । यसैगरी दाङका राजपुर गाउँपालिकामा सम्पन्न सम्मेलनले नयाँ कमिटी सर्वसम्मत रुपमा गठन गरेकाे हाे । राजपुर गाउँपालिका वडा नं. १ मा श्यामलाल ओली अध्यक्ष, लालबहादुर बुढा सचिव, २६ सदस्यीय र १९ गाउँ सम्मेलन प्रतिनिधि छनाेट, यस्तै २ नं. मा २– तुलसीराम भण्डारी अध्यक्ष, तिलकराम विक सचिव, २६ सदस्यीय र ३३ गाउँ सम्मेलन प्रतिनिधि छनाेट, यसैगरी ३ नं. मा राजबहादुर यादव अध्यक्ष, सुर्यलाल भर सचिव, २७ सदस्यीय र १२ गाउँ सम्मेलन प्रतिनिधि छनाेट गरेको छ । यस्तै ४ नं. थप पढ्नुहोस् ...

