दुर्घटना

एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गयो

पोखरा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आइतबार विहान स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका-५ को मजकोटमा दुर्घटना हुँदा २ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट-१० का २५ वर्षका श्याम पंगेनी छन् । दुर्घटनामा चापाकोट नगरपालिका-९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको डिएसपी अधिकारीले बताए । काठमाडौंमा बिरामी छोडेर फर्केको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खसेको बताइएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार