दुबईमा

दुबईमा अलपत्र परेका नवलपुरका डिलबहादुरको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए । कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताए । दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार