ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र
सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुन थालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर भजन कीर्तनमा रमाइरहन्छन् । सेवा केन्द्रमा आयोजना हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्ध वृद्धा पुग्छन्। उनले भने, “दैनिक दिवा सेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गरेका उनका घरमा छोराबुहारी, नातिनातिना छन्। त्रियासी वर्षीय भूमि नन्दन जोशी पनि दिउँसोको समयमा दिवा सेवा केन्द्रमा पुग्छन्। “भजन कीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उनले भने, “आफ्नो दिनको सहरा नै यो सेवा केन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवा केन्द्रमा थप पढ्नुहोस् ...

