खाजा खानकै लागि कक्षा कोठामा विद्यार्थी भरिभराउ
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजा कार्यक्रमले विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ । संघीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आकर्षण गरेको नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारु बताउँछन । ‘नरैनापुरमा विद्यालय ड्रप आउट हुनेक्रम पनि अधिक रहेको र विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यो अत्यन्तै प्रभावकारी रहेको पाइएको छ’, उनले भने । नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थीहरू मध्ये दिवा खाजा सञ्चालन भएपछि २० प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको उनको भनाइ छ । नरैनापुर–६ जमुनीमा रहेको थप पढ्नुहोस् ...


