दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८५ खर्च गरेको पाइएको हो । यस्तै मेसिनरी औजार मर्मत खर्चतर्फ रु छ लाख ८३ हजार ७०७ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सवारीसाधनको मर्मत तथा सम्भार खर्चसम्बन्धी अभिलेख राख्न मलेप फारम नं ४१५ प्रयोग गर्नुपर्नेमा उक्त फारम प्रयोग नगरिएकाले कुन सवारीसाधन मर्मतमा कति खर्च भएको विवरण प्राप्त नभएको जनाइएको छ । सवारीसाधन मर्मतका लागि स्वीकृत मर्मत आदेशानुसारमात्र मर्मत गराइ सोको थप पढ्नुहोस् ...

