अज्ञात समुहद्वारा टिप्परमा आगजनी, बन्दका कारण दाङको जनजीवन प्रभावित
देउखुरी । दाङमा एक टिप्परमा आगलागी भएको छ । आगो कस्ले लगायो भन्ने बारे अज्ञात छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बबइ पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । मंगलबार बिहान ५ बजे आगलागी भएको घटना थाहा पाएर घटनास्थलमा पुगेको प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ । घटना शंकास्पद छ, यता नेपाल बन्दको घोषणा गरेको नेकपा विप्लव पार्टीका दाङ जिल्लाका इन्चार्ज शितललाई सम्पर्क गर्दा यो घटनामा आफुहरुको हात नरहे भनेका छन त्यसकारण पनि हामीले ड्राइभरलाई नियन्त्रणमा लिएर अनुशन्धान गर्दै छौं - प्रहरी प्रमुख काफ्लेले भने । साथै विप्लव पार्टीका दाङ जिल्ला इन्चार्ज शितलले पनि उक्त घटनामा कुनै संलग्नता नरहेको दावी गरे । विभिन्न माग राख्दै थप पढ्नुहोस् ...


