दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग
दमौली । दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । नौजना स्वास्थ्यकर्मीका लागि वार्षिक रु ४४ लाख ७२ हजार खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताए । उनका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, एकजना रेडियोग्राफर, एकजना एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकजना फार्मेसी र एकजना स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ रहेको र शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको छ । “तर त्यसका लागि पनि थप पढ्नुहोस् ...

