दमासकसको

दमासकस मलमा आगलागी, पाँच जनाको मृत्यु

काठमाडौँ । सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ । अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,“ साना समाचार समितिले थप जानकारी दिएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । सरकार समर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ । एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो । आगोले हरेक तल्लालाई घेरेको देखिन्छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार