चिमखोलामा नि : शुल्क दन्त उपचार शिविर
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीन दिने दन्त उपचार शिविरबाट करिब दुई सय जना लाभान्वित बनेका छन् । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा एक सय ९७ जनाले दाँतको उपचार सेवा लिएका हुन् । तीन दिनसम्म सञ्चालन भएको शिविरमा दाँतसम्बन्धी समस्या भएर उपचार गराउन नसकेका स्थानीयवासी लाभाविन्त बनेको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । शिविरमा बेल्जियमका विशेषज्ञ डाक्टर जेन बेल्जियमसहित शर्मिला पुन, ससिना पुर्जा, सम्झना थापासहित स्वास्थ्यकर्मीको टोलीले दाँत परीक्षण र उपचार सेवा प्रदान गर्नुभएको थिए । उज्यालो नेटवर्कका अरु समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...