दङ्गीशरण गाउँपालिका

आफ्नै भवनमा वडा कार्यालय

दाङ ।  दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पु¥याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताए ।   सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिए । सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराएका थिए । जम्मा पाँच कठ्ठा जग्गामा वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ चैत्र २०७८, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार