काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थाले
काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा. लेखराज दाहालले जानकारी दिए । विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत बर्डफ्लु रोगको आशङ्का भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय थप पढ्नुहोस् ...

