आज जितिया पर्वको मुख्य दिन, चार पालिकाले दिए सार्वजनिक बिदा
नवलपरासी । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाड मध्येको जि तिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ ९व्रत समाप्त० भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइ धुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् । उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया पर्व मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए थप पढ्नुहोस् ...

