त्रिशूली जलविद्युतको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झन्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रूपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रूपैयाँ संकलन भएको छ । साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रूपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रूपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन सेयरधनीहरूलाई आग्रह गरे । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत थप पढ्नुहोस् ...