नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ । केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् । मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।वडा नं २स्थित खैजनपुरका कृष्णराज धाँमी भन्नुहुन्छ, “पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला थप पढ्नुहोस् ...

