लोकले सम्झिने काम गर्न मन्त्री लामाको निर्देशन
काठमाडौं । तेमाल गाउँपालिकाको गाउँ सभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका खानेपानी ,ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले तेमाल गाउँपालिका बागमती प्रदेशमा भएका ११९ स्थानीय तहहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गाउँपालिका भएको बताएका छन् । मन्त्री लामाले प्रदेश सरकारबाट तेमाल गाउँपालिकालाई १७ करोड बजेट विनियोजन गरेको बताए । उनले स्वर सम्राट नारायण गोपालको उदाहरण दिँदै लोकले पछि सम्म सम्झिन लायक काम गर्न जनप्रतिनधिहरुलाई निर्दशन दिए ।त्यसैगरी सिङ्गो तेमाल र तेमालका निम्नवर्गीय जनतालाई उठाउन अहोरात्र लाग्न र ५ वर्षको कार्यकाललाई आम तेमाल बासीले रुचाउन सक्ने बनाउन निर्देशन दिएका छन् । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डि एम) ले तेमालले खोजेको नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए भने प्रमुख तथा गाउँसभाका सभाध्यक्ष चन्द्र बहादुर तामाङले गाउँपालिकालाई सुन्दर बनाउन साथै दिगो विकासका थप पढ्नुहोस् ...