कोरोना कहरः बजार नपाएपछि बाख्रालाई तेजपत्ता
झापा । विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् । मेचीनगर नगरपालिकाको वडा नं। १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् । चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ । मेचीनगर–४ आमडाँगीमा १५ विगाहा थप पढ्नुहोस् ...
![](https://www.ujyaalonetwork.com/wp-content/uploads/2021/01/logo-ujyaalo-for-tv-1.jpg)
![](https://www.ujyaalonetwork.com/wp-content/uploads/2021/01/logo-ujyaalo-for-tv-1.jpg)
![](https://www.ujyaalonetwork.com/wp-content/uploads/2021/01/logo-ujyaalo-for-tv-1.jpg)