पूर्णपात्र, गोदान गरी समापन गरियो तीज व्रत
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्दशीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । थप पढ्नुहोस् ...