संविधान र राष्ट्रियता जोगाउन वाम–लोकतान्त्रिक गठबन्धन : नेता तामाङ
रामहरि गजुरेल, नुवाकोट । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य, पुर्वमन्त्री एवं संघिय सांसद हितबहादुर तामाङले नेपाली जनताको बलिदानबाट प्राप्त संविधान, राष्ट्रियता र लोकतन्त्र बचाउन पनि अबको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताएक छन । प्रतिगमनविरुद्ध जनताको बलबाट सिंगो मुलुकले नै विघटित संसद पुनःस्थापनामार्फत एउटा जित हाँसिल गरेको चर्चा गर्नुहुँदै नेता तामाङले गणतन्त्र, संघियता र जनताद्धारा लिखित उन्नत संविधानसहितको व्यवस्था जोगाउनकै निम्ति पनि अहिले सरकारमा सामेल राजनीतिक दलहरुबीचको गठबन्धन आगामी हुने तीनै तहको निर्वाचनमा चुनावी गठबन्धनको रुपमा समेत अपरिहार्य रहेको आवश्यकता औँल्याए । ‘जसबाट मात्रै प्रतिगमनविरुद्धको आन्दोलनले अन्तिम र निर्णायक जित त्यतिबेला प्राप्त गर्नेछ ।’ सोमवार नुवाकोटको म्यागङ गाउँपालिकास्थित किम्ताङमा शहिद स्मृति बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा भएको शहिद कान्छीमाया तामाङ प्रतिमा स्मृति भलिवल कप प्रतियोगिता २०७८ को समापन कार्यक्रमलाई सम्बोधन थप पढ्नुहोस् ...

