प्रविधिको प्रयोग गरी तरकारी खेती
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पार्नुभएको छ । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए । “बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनाँैं”, उनले भने, “हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।” गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उहाँले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाएको छ । उनले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गर्नुभएको छ । तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी थप पढ्नुहोस् ...