तनहुँ उद्योग वाणिज्य सङ्घ

विदेशबाट आयात गर्नुभन्दा उद्योग स्थापना गर्नुपर्नेमा जाेड

तनहुँ ।  यहाँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए। व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न इच्छुक रहेको बताए। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीयस्थलको विकास गर्न तयार रहेको बताए । उनले भने, “वस्तु आयात गरी बिक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ ।” ऋषिङ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ असार २०७९, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार