बाढी पहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार
दमौली । तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १० पालिकाका अधिकांश वडा बाढी, पहिरोको जोखिममा छन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, पहिरोलगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीका लागि विपद् पूर्वप्रतिकार्य योजना तयार गरिएको जानकारी दिए ।योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति र स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने रिजालले बताए । पहिरोको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेका छन् । बाढीको प्रकोपका थप पढ्नुहोस् ...