काभ्रेमा ढुङ्गाखानीबाट आएको पहिराले एकै परिवारका तीनको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको ज्यान लियो । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिराले पुरिएको अवस्थामा निकालिएको हो । पैंछठ्ठी वर्षीया ठूलीमायाको भने सख्त घाइते भई बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु बहिनीको शव निकालेको हो । एकै परिवारको तीनै जनाको मृत्यु भएपछि आफन्त शोकमा डुबेका छन् । पालिकाभित्र सञ्चालित ढुङ्गाखानी तथा थप पढ्नुहोस् ...