डोल्पो बुद्ध गाउँपालिका

एमालेबाट जितेका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्षको टिम नै माओवादीमा प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित वडाध्यक्षको टिम नै नेकपा (माओवादी केन्द्र) मा प्रवेश भएका छन् । बुधबार अध्यक्ष गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी प्रवेश भएका हुन् । अध्यक्ष गुरुङ यसअघि नेकपा एमालेबाट निर्वाचित भएका हुन् । अध्यक्ष गुरुङसँगै डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर १ का अध्यक्ष क्याल्पो थापा, वडा नम्बर २ का अध्यक्ष छोइक्याप भोटे, वडा नम्बर ३ का वडाध्यक्ष पाल्जाङ लामा र वडा नम्बर ६ का कार्यवाहक वडाअध्यक्ष पेम्मा वाङछुक गुरुङ माओवादी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । उनीहरुलाई स्वागत गर्नका लागि अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा, माओबादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, पूर्वमन्त्री सत्या पहाडी लगायत पुगेका थिए । माओवादीप्रति देशभर आकर्षण बढिरहेको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार