चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दो
चितवन । जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गु देखिएको थियो । यस वर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत सङ्क्रमण फैलिएको छ । निरन्तरको वर्षापश्चात् एक सातामा डेङ्गुका बिरामीको सङ्ख्या निकै बढेको उहाँले जानकारी दिए । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । थप पढ्नुहोस् ...