डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
काठमाडौँ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको छ । कामपाले सोमबारदेखि प्रयोगशाला भएका वडामा ¥यापिड डाइग्नोस्टिक परीक्षण सुरु गर्ने जनएको छ । यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् । उक्त अभियान अहिले कामपाको थप पढ्नुहोस् ...

