देशभरका ७५ जिल्लामा फैलियो डेंगु रोगको सङ्क्रमण
काठमाडौँ । वर्खायाम लागेसँगै डेंगु र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको बताए । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर थप पढ्नुहोस् ...