‘डा. केसीको माग पूरा नहुँदाको दुष्परिणाम प्रधानमन्त्री ओलीले भोग्नुपर्छ’
काठमाडौं । प्रमुख प्रतिपाक्षी दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको माग पूरा नभए त्यसको दुष्पपरिणाम प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने स्पष्ट पारेको छ । २२ दिनदेखि अनशनमा रहेका डा. केसीको समर्थनमा उत्रिएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सरकारले गरेको अकर्मण्यताको फल आफैंले व्यहोर्नपर्ने बताएका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेता तथा कार्यकर्ताहरु विरोध सभामा उपस्थित भएका थिए । कांग्रेस प्रवक्ता शर्माले समयमै डा. केसीको माग सम्बोधनतर्फ नलाग्दा हुने दुर्घटनाको जिम्मेवार प्रधानमन्त्री ओलीलाई लिन आग्रह गर्दै उनले सरकारले लोकतान्त्रिक चरित्रको प्रदर्शन गर्नपर्ने बताए । सोमबार त्रिभुवन शिक्षण अस्पताल पुगेका कांग्रेसका कार्यकर्ताको टोलीले केहीबेर धर्ना समेत दिएको थियो । भने, डा. केसीसँग भेट गरेको थियो । थप पढ्नुहोस् ...


