रसुवामा ट्राफिक कारबाही तीव्र
रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५ छन् । कारबाही गरिएकाबाट रु दुई लाख ४१ हजार पाँच सय जरिवाना गरिएको उनले बताए । नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो । सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाहीस्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ । विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आए पनि पछिल्लो समय नयाँ–नयाँ थपिने चालकबाट बढी मात्रामा थप पढ्नुहोस् ...