टीकापुरमा योजना कार्यान्वयन सुरु
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आगामी भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ । टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ । वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए । “कार्यालयले भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । सोहीअनुसार हामी भदौ ७ गतेसम्म गठन गरिसक्ने गरी तालिका बनाएर काममा लागेका छौँ”, उनले भने, “वडास्तरमा हुने साना योजना उपभोक्ता समितिमार्फत काम गरिनेछन् ।” टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कार्यालयको थप पढ्नुहोस् ...


