बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल
बागलुङ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् । बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल थप पढ्नुहोस् ...