जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी
खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो । जिल्ला अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा दैनिक एक सय ५० को हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा पुष्कल राईले बताउनुभयो । “जाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोरोना भाइरसको लक्षण देखिएको छ”, उनले भने, “उनीहरुलाई आवश्यक औषधि दिएर कम्तीमा १० दिनसम्म होम आइसोलेशनमा बस्नुस् भनेर उनीहरुको आ–आफ्नै घर पठाउने गरेका छौँ ।” कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका छन् । जिल्ला अस्पतालका ५८ स्वास्थ्यकर्मीमध्ये १४ स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रविन फुयाँलले जानकारी थप पढ्नुहोस् ...