निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : मन्त्री कार्की
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ठ पारे । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गरे । “विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सिर्जनाका थप पढ्नुहोस् ...






