जेरुसेलममा अतिवादी हमला
जेरुसेलम । जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी हाम्रो नियन्त्रणमा छन’ प्रहरी प्रवक्ता कान इली लेभीले भने । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...


