मदाने गाउँपालिका : सडकको मुअब्जा वितरणमा लापर*बाही
विनोद कुमार राउत/गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रकाशित सूचना अनुसार पुर्कोटदह- सिर्सेनी सडक खण्डमा पर्ने घरहरुको क्षतिपूर्ति (मुअब्जा) वितरण गर्ने क्रममा मदाने गाउँपालिकामा चरम लापरबाही भएपछि स्थानीय युवाहरूले विरोध जनाएका छन् । मदाने गाउँपालिका वडा नं. २,३ र ६ मा पर्ने ७६ वटा घरहरुलाई क्षतिपूर्ति दिनेक्रममा पहुँच आधारमा मुअब्जा वितरण गर्न लागेको गम्भीर आरोप लागेको छ । स्थानीय जगत बहादुर क्षेत्रीको करिब ९२३ वा.फि.जग्गा र घर सडक विस्तारको क्रममा भत्काउदा उनले जम्मा २० हजार रुपैयाँ मुअब्जा पाउने सूचना जारी गरेको छ भने स्थानीय भोजराज भट्टराईको ९३६ वा.फी.जग्गा र घरले भने १२ लाख ३४ हजार ६ सय ५० रुपैयाँ पाउने सूचना जारी भएको देखिन्छ । त्यसैगरी स्थानीय कमल बहादुर कुवार, विष्णु थापा क्षेत्री, तोप बहादुर कुवर, तुल्सि खड्का क्षेत्री, राजेन्द्र थप पढ्नुहोस् ...



