एमाले सुस्ताको संगठन विस्तारमा तिब्रता
रबिन्द्र यादव / नवलपरासी पश्चिम । "मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताउछौ ,टोल टोलमा संगठन, घर घरमा एमालेजन" भन्ने अभियानका साथ नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा नेकपा एमालेले संगठन विस्तार कार्यक्रम शुरू गरेको छ। सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे संगै सुस्ता गाउँपालिका का ७० औटै टोलहरुमा पार्टीको टोल कमिटी गठन गरी संगठन लाई चलायमान गराई अबको निर्वाचनमा नेकपा एमालेका सबै उमेद्वारहरूलाइ बिजयी गराउने प्रयासका साथ अगाडी बढ़ेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम सुस्ता कमिटी इंचार्ज धन बहादुर गुरुङ्गले जानकारी दिएका छन । केही समय पार्टीको केन्द्रमा भएको उतार चढावले गर्दा संगठन जुन किसिमले अघि बढ्न पर्ने बढ़न सकेको थिएन। महाधिवेशन, जिल्ला अधिवेशन पछि संगठन जिल्ला भरि नै गति लिएको बताइएको छ । हामि निर्वाचित भएर आईसके थप पढ्नुहोस् ...

