त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी
– अशोक घिमिरे काठमाडौँ । सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमबर्षक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो । हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षण भरमा खरानी बन्यो । विस्फोटपछि मानसिका शरीरका थप पढ्नुहोस् ...


