जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित, गाउँ नै जोखिममा
पर्वत। जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् । गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो । पहिरोले नजिकैका घर जति बेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए। पहिरोले घर तथा आँगन चर्किएको छ । “गत वर्ष पहिरो सुरु भएको हो । अहिले पनि थप पहिरो बढेकाले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ । गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि थप पढ्नुहोस् ...

