जबर्जस्ती

जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कुलेश्वरबाट पक्राउ गरेको हो । खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको जनाइएको छ । अवैध लागुऔषध गाँजासहित पक्राउ काठमाडौँको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २४ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार