हर्बल हब बन्दै म्याग्दीको दुर्गम स्थान गुर्जा
गलेश्वर । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा आएको हो । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको यस गाउँका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उहाँका अनुसार गुर्जामा इटालियन जातको स्याउका बिरुवा काठमाडौँदेखि लगेर रोपिएको थियो । जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले थप पढ्नुहोस् ...




