धनगढीमा छाडा पशुचौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् । भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन् । सो गौशालामा चौपायालाई नियमितरुपमा घाँसपातको व्यवस्थापन गर्न समस्या परेको जनाइएको छ । गौशालाका हेरालु पृथ्वी रानाले पशुचौपायाका लागि चहिने पर्याप्त घाँसपात र दानापानी जुटाउन नसक्दा धेरै मर्ने गरेको जानकारी दिए । उनले भने, “पोसिलो खाना नपाउँदा ब्याउने भएको दुई तीन महिनाभित्रमै केही गाई मर्ने गरेका छन्, भर्खर जन्मिएका बाच्छासमेत मरिरहेका छन् ।” सो उपमहानगरपालिकाले वर्षमा एकपटक गहुँको भुसा र थप पढ्नुहोस् ...