आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी
दार्चुला । नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सो बाटो निर्माण गर्न रु एक करोड ८ लाख खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो । घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । सेनाका सुदूरपश्चि पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त थप पढ्नुहोस् ...


